राष्ट्रियससभा निर्वाचनमा कोशीमा मेचे र पोर्तेल  निर्वाचित

आइतबार, ११ माघ २०८२

विराटनगर  : राष्ट्रियससभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोश्नी मेचे र दलित तर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन्  ।  नेकपा एमाले र नेपाली काँग्रेस गठवन्धनका उम्मेदवार मेचे र पोर्तेल निर्वाचित भएका हुन। 

अन्य तर्फ काँग्रेस एमाले गठवन्धनका सुनिल बहादुर थापाको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भईसकेका थिए । महिला तथा दलित समुहबाटछ निर्वाचित मेचे र पोर्तेल काँग्रेस एमाले गठवन्धन अन्तर्गत एमालेका तर्फबाट उम्मेदवार रहेका थिए । 

महिला तर्फ नेकपाकी उम्मेदवार नमिता न्यौपाने र दलित तर्फ नेकपाकै खेम सुन्दार उम्मेदवार रहेका थिए ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार