स्लो इन्टरनेटमै छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म ‘नेपा: एप’ सार्वजनिक

आइतबार, ११ माघ २०८२

काठमाडौं : नेपाली प्रयोगकर्ताको आवश्यकता र प्रयोग बानीलाई केन्द्रमा राख्दै विकास गरिएको नेपाली डिजिटल प्लेटफर्म ‘नेपा: एप’ सार्वजनिक गरिएको छ । आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका विशेषताका कारण नेपा: एप नेपाली एप्लिकेसनहरूमध्ये फरक र प्रभावकारी बनेको डिजिटल विज्ञहरूले बताएका छन् ।

स्लो इन्टरनेटमा पनि सहज र छिटो सञ्चालन हुनेगरी डिजाइन गरिएको यस एपले नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपाली प्रयोगकर्तालाई पनि लक्षित गरेको छ । कम डाटामै प्रभावकारी सेवा प्रदान गर्ने क्षमताका कारण यो एप सबै वर्गका प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

नेपा: एपमा नेपाली पात्रो (पञ्चाङ्गसहित) सरल र सहज रूपमा उपलब्ध छ । साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, प्रयोगकर्ताको रुचिअनुसार समाचार छनोट गरी पढ्न सकिने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम (Near by News) तुरुन्तै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने सुविधा पनि समावेश गरिएको छ । साथै, मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स उपलब्ध गराइएकाले प्रयोगकर्ताले एउटै प्लेटफर्मबाट समाचार, सूचना र मनोरञ्जनको समग्र अनुभव लिन सक्नेछन् ।

डिजिटल युगमा नेपाली भाषामा भरपर्दो र सहज सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपा: एप एक प्रभावकारी समाधानका रूपमा आएको विकासकर्ताहरूको भनाइ छ । सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्ने यो एप हाल डाउनलोडका लागि उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार