काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता गरिएको ‘सम्पत्ति शुद्धीकरण’ तथा ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार (माघ ११) मा भएको सुनुवाइपछि उक्त आदेश जारी गरेको हो ।
सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेविरुद्ध अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण र कागजात फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लैजान मातहतका सरकारी वकिललाई निर्देशन दिइएको जिकिर गरेकी थिइन् ।
तर महान्यायाधिवक्ता कार्यालयले मुद्दा संशोधनका लागि गरेको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल सफल तथा कानुनका विद्यार्थी आयुष बडाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया