एनपीएल : चितवनले दिएको को १७५ रनको लक्ष्य पछ्याउँदै विराटनगर

बुधबार, १० मंसिर २०८२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । 

आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । अहिले विराटनगर ब्याटिगं गरिरहेको छ ।

चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार