इटहरी : पूर्वी नेपालमा भारतबाट चोरीपैठारी गरी गाडी ल्याएर सञ्चालन गर्ने क्रम बढेको गुनासो आइरहेको तर्फ मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीपैठारी नियन्त्रण अभियान थालेको छ ।
गाडी चोरीपैठारी नियन्त्रण अभियान थालेको ट्राफिक प्रहरीले भारतबाट साथै नेपालकै विभिन्न ठाउँहरुबाट चोरीपैठारी गरि ल्याइएको गाडीहरु नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि वढाउन थालेको हो ।
भारत तथा नेपालकै अन्य ठाउँहरुबाट चोरीपैठारी गरी ल्याएका गाडीहरु खोजी ,नियन्त्रण तथा कारवाही प्रकृया अगाडि वढाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले जानकारी दिए । ट्राफिक प्रहरी उपरीक्षक गिरीका अनुसार अघिल्लो महिना पाँच वटा बोलेरो गाडि नियन्त्रणमा लिएर कारवाही प्रकृयाका लागि भन्सारमा वुझाइएको वताए ।
गाडी चोरीपैठारी नियन्त्रण अभियानकै क्रममा ट्राफिक प्रहरीले सुनसरीको धरानबाट नक्कली नम्बर प्लेट लगाएर सञ्चालन गरिदै आएको निजी नम्बरको एक हुन्डाई कम्पनीको कार र इटहरी क्षेत्रबाट महेन्द्रा कम्पनीको एक बोलेरो गाडी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको हुन्डाई कम्पनी र महेन्द्रा दुवै कम्पनीसंग सोधिखोजी गर्दा दुवै कम्पनीले गाडीमा उल्लेख भएको इन्जिन नम्बर र चेचिस नम्बरको गाडी आफुहरुले आयात नगरेको जनाएका कारण सुनसरी भन्सार कार्यालयमा वुझाउन लागिएको गिरीले जानकारी दिए ।
त्यसैगरी गाडीमा राखिएको नम्बर प्लेटका सम्वन्धमा सम्वन्धीत यातायात कार्यालयमा वुझ्दा समेत सो कार्यालयमा दर्ता भएको नपाइएको समेत जनाइएको छ ।
प्रतिक्रिया