काठमाण्डु गुर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी

मंगलबार, ०९ मंसिर २०८२

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले १५८ रनको लक्ष्य दिएको छ । अहिले लुम्बिनी लक्ष पछ्याइरहेको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोडेको हो । 

काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।

तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।

यस्तै, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार व्यहोरेको हो ।

अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार