विराटनगरमा प्लाष्टिक उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

मंगलबार, ०९ मंसिर २०८२

विराटनगर । विराटनगर महानगरपालिका–७ सात घुम्ती नजिक रहेको सरस्वती प्लाष्टिक उद्योगमा लागेको भीषण आगो केही घण्टादेखि नियन्त्रणबाहिर रहँदै आएको छ। केहीबेरअघिदेखि सुरु भएको आगलागी नियन्त्रित हुन नसक्दा आगो अझै दन्किरहेको सुरक्षास्रोतले जनाएको छ।

आगलागी नियन्त्रणका लागि विराटनगर, रानी, इटहरी तथा धरानसहित सुनसरीका विभिन्न स्थानीय तहबाट दमकल परिचालन गरिएको छ। तापनि ठूलो परिमाणमा प्लाष्टिक सामग्री रहेको कारण आगो फैलिने गति रोक्न कठिनाइ भइरहेको दमकलका कर्मचारीहरूले बताएका छन्।

वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमै खटिएको छ। प्रहरी, स्थानीयबासी र दमकलकर्मीको संयुक्त प्रयास जारी रहे पनि आगो नियन्त्रणमा आउन नसक्दा आसपासका घर तथा संरचनाहरू उच्च जोखिममा परेका छन्।

फ्याक्ट्री रहेको क्षेत्र घना बस्ती नजिक भएकाले आगो फैलिने सम्भावनाप्रति सुरक्षा निकायले सतर्कता अपनाएको छ। स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ भने आगलागीको कारण प्रारम्भिक चरणमै परेपछि यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका प्रयास तीव्र बनाइएको भए पनि आगोको तीव्रता घट्ने संकेत अझै नदेखिएको सुरक्षास्रोतले बताएको छ। आर्थिक तथा भौतिक क्षतिको विवरण भने अहिले सम्म खुलेको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार