उद्योग दिवसको अवसरमा इलामका छ उद्योगी सम्मानित

मंगलबार, ०९ मंसिर २०८२

इलाम :  इलाममा छ जना उद्योगीलाई सम्मान गरिएको छ । ११ औँ उद्योग दिवस २०८२ को अवसरमा जिल्लाका छ पालिकाका छ जना उद्योगीहरूलाई घरेलु तथा साना उद्योग कार्यालय इलामले सम्मान गरेको हो ।
 
सम्मानित  हुनेहरुमा फाकफोकथुम गाउँपालिका ए एण्ड डि कटिङ सेन्टरकी सञ्चालक अमृता नेपाली, रोङ गाउँपालिका अर्याल चोक प्रशोधन तथा प्याकेजिङ उद्योगकी बिमला अर्याल, सन्दकपुर गाउँपालिका दुर्गा देवी कृषि तथा पशुपालन डेरी उद्योगका दुर्गा प्रसाद मिश्रलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

 त्यस्तै चुलाचुली गाउँपालिको बरगाछी एग्रीकल्चर फर्मकी निर्मला सुवेदी, इलाम नगरपालिका पुष्प स्नेह ललिपप उद्योगका सुरेन्द्र कुमार लिम्बु र सूर्योदय नगरपालिका फुर्वा बङ्गुर फारमका फुर्वा योल्मुलाई सम्मान गरिएको कार्यालयका कार्यालयका किरण कार्कीले जानकारी दिए । उनीहरूलाई घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख टङ्कप्रसाद प्रसाईँले सम्मान गरेका थिए ।

 होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल, उद्योग वाणिज्य सङ्घ इलामका हिमाल बस्नेत, घरेलु तथा साना उद्योग महासङ्घका मंगेश खत्री, उमिला उद्यमी उषा निरौला, पुष्प व्यवसायी सङ्घकी बुद्धमाया सोङमी लगायतको समेत उपस्थिति रहेको थियो । 

२०७२ साल देखी नेपालमा उद्योग दिवस मनाउन सुरु भएको हो । सम्मानले उद्योगीको मनोबल उच्च राख्न मद्दत मिल्ने भएकाले उत्कृष्ट जनालाई सम्मान गरिएको कार्यालयकी रिता अधिकारीको भनाई छ । पाँच हजारको सङ्ख्यामा दर्ता भएका उद्योगी मध्ये उत्पादन, सेवा, कृषि र पशुपालन क्षेत्रलाई समेटेर सम्मान गरिएको उनको भनाई छ ।

सम्मानको कार्यक्रम पछि आगामी दिनमा कार्यालयले गर्नु गर्ने कामका विषयमा अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा बिभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्ना सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार