काठमाडौं : अनरले शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको एक्स ९डी नयाँ स्मार्टफोनको नेपालमा सफल सार्वजनिकरण घोषणा गरेको छ ।
आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न अनरले नेपालमा स्मार्टफोन एक्स ९डीको सफल सार्वजनिकरण घोषणा गरेको हो । कम्पनीका अनुसार यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पु¥याउने क्षमतासहित एक्स९डी प्रस्तुत गरिएको छ ।
एक्स९डीमा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी आईपी६९के रेटिङ, लामो समयसम्म चल्ने ८३०० एमएच क्षमताको ठूलो ब्याट्री, तथा प्रत्येक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्ने १०८ एमपी उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषता समावेश छन् । यी सबै विशेषताले नवप्रवर्तन, मजबुती र उत्कृष्ट प्रदर्शनको सन्तुलन प्रदान गर्ने समेत जनाइएको छ ।
कम्पनीका अनुसार एक्स९डी दुई भेरियन्टमा उपलब्ध हुनेछ । जसमा ८जीबी ¥याम प्लस २५६ जीवी स्टोरेजको नेपाली मुल्य ५४,९९९ रुपैयाँ र १२जीबी ¥याम प्लस २५६ जीवी स्टोरेजको नेपाली मुल्य ५९,९९९ रुपैयाँ पर्ने समेत जानकारी गराइएको छ ।
यस विशेष स्मार्टफोनको लञ्च अवसरमा अनरले ग्राहकहरूका लागि आकर्षक प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ । प्रि–बुकिङ अवधि २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म रहनेछ, जसअन्तर्गत प्रारम्भिक ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार अफरअन्तर्गत प्रि–बुकिङ गर्ने ग्राहकहरूले १५,९९९ रुपैयाँ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन् । साथै, २०,००० रुपैयाँ मूल्य बराबरको १ वर्षे सेवा सुविधा पनि उपलब्ध गराइनेछ, जसमा स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत समावेश छ, जसले ग्राहकलाई थप सहजता र मानसिक शान्ति प्रदान गर्दछ ।
अफरलाई अझ रोमाञ्चक बनाउँदै एक जना भाग्यशाली प्रि–बुकिङ ग्राहकले ५८,९९,९९९ रुपैयाँ मूल्य बराबरको नयाँ दीपल एस०५ कार जित्ने अवसर पनि पाउनेछन् । यसले अनर एक्स९डी को प्रि–बुकिङ अभियानलाई नेपालकै सबैभन्दा आकर्षक स्मार्टफोन अफरहरूमध्ये एक बनाएको कम्पनीले जनाएको छ । ग्राहकहरूले नजिकको अनर आउटलेट वा आधिकारिक रिटेल स्टोर मा गई अनर एक्स९डी प्रि–बुक गर्नसक्ने कम्पनीको जानकारी गराएको छ ।
प्रतिक्रिया