इटहरी : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको इटहरी शाखाले आफ्नो स्थापना दिवस एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
६१औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड इटहरी शाखाले औपचारिक कार्यक्रमको आयोजना गरि बैंकको सेवा, विश्वसनीयताका विषयमा जानकारी सहितको स्थापना दिवस मनाएको हो ।
सो अवसरमा राष्ट्रिय आर्थिक विकासमा बैंकले पु¥याउँदै आएको योगदानलाई स्मरण गर्दै पदाधिकारी, पूर्व कर्मचारी समेतलाई सम्मान गरियो ।
सेवाग्राहीहरुको समेत उल्लेखनिय उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम सञ्चालक इटहरी शाखाका सहायक प्रवन्धक केशव खनालले जानकारी दिए ।
इटहरी शाखा प्रमुख अर्जुन ढुङ्गानाको अध्यक्षतामा भएको राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी नगेन्द्र प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बैंकले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि प्रतिनिधिमूलक ढङ्गबाट उत्कृष्ट ग्राहकहरूलाई सम्मान गरेको थियो ।
संस्थाको विकास, स्थायित्व र सेवा विस्तारमा अमूल्य योगदान पु¥याएका पूर्व कर्मचारीहरूलाई समेत सम्मान गर्दै प्रमुख अतिथी लगायतले पूर्व कर्मचारीहरुको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईले राष्ट्रिय वाणिज्य बैंकले स्थापना कालदेखि नै ग्राहकको हितलाई सर्वोपरि राखी बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गरेका थिए ।
उनले बैंकले राष्ट्रको आर्थिक प्रणालीलाई मजबुत बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै यस्तो प्रतिष्ठित तथा राष्ट्रमुखी संस्थासँग आबद्ध भएर सेवा गर्न पाउनु गौरव र सम्मानको विषय भएको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष समेत रहेका शाखा प्रमुख ढुङ्गानाले राष्ट्रिय वाणिज्य बैंक सधैँ ग्राहकमुखी सोच, प्रविधिमुखी संरचना तथा नवप्रवर्तनमा आधारित आधुनिक बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराए ।
उनले बैंकको आजको पहिचान, विश्वसनीयता र ब्रान्ड मूल्य निर्माणमा पूर्व कर्मचारीहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै उनीहरू नै राष्ट्रिय वाणिज्य बैंकका वास्तविक ब्रान्ड एम्बेस्डर भएको समेत बताए ।
राष्ट्रिय वाणिज्य बैंकले आगामी दिनहरूमा पनि राष्ट्रको आर्थिक विकास, वित्तीय समावेशीकरण तथा आधुनिक बैंकिङ सेवाको विस्तारमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका थिए।
सो अवसरमा सिर्जना गुरागाई र विशाखा काप्लेले प्रस्तुत गर्नुभएको सृजनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो।
प्रतिक्रिया