विराटनगर : विराटनगरको मलहनुवामा अवस्थित प्रभु राम–जानकी मन्दिर सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री कार्कीले विकास योजनालाई दिगो बनाउन स्थानीयवासीको सक्रियता अत्यावश्यक हुने बताए।
उनले भने, “विकासको बजेट सदुपयोग हुनका लागि स्थानीयको सहभागिता जरुरी छ। विकास आफ्नै लागि हो भन्ने बुझाइ समुदायमा बढ्नुपर्छ । सडक, नाला, खानेपानी यी सबै स्थानीयकै लागि बन्ने हो। त्यसैले जिम्मेवारी पनि पहिले स्थानीयको हुन्छ।”
मन्दिर निर्माणको प्रसङ्ग जोड्दै कार्कीले भने,“मन्दिरको विकास भनेको केवल इटा–ढुंगाको संरचना होइन, यो हाम्रो संस्कार, आस्था र पुस्तौँको विश्वास सुरक्षित गर्ने अभियान हो। आस्था जोगाउने र समुदायलाई एक ठाउँमा जोड्ने यस्ता धार्मिक स्थललाई आधुनिक रूप दिनु मेरो दायित्व मात्र होइन, मैले हृदयले बोकिरहेको संकल्प पनि हो।”
उक्त अवसरमा मन्दिर निर्माण तथा मूर्ति स्थापनामा योगदान पुर्याउने दाताहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। मूर्ति स्थापनामा विराटनगर–४ का संजय राजवंशी र विराटनगर–७ का सुजल थापाले सहयोग गरेका थिए।उनीहरुलाइ कदर पत्र सहित सम्मान गरिएको थियो
१६ कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरको निर्माण तथा व्यवस्थापनका बारेमा अध्यक्ष बलिराम राजवंशीले जानकारी गराए । मन्दिर परिसरमा मंगलबार २४ घण्टे अष्टजाम तथा होमजाम आयोजना हुने समितीले जनाएको छ
२०६३ सालमा सामान्य रूपमा स्थापना भएको मन्दिरले पूर्व मुख्यमन्त्री कार्कीको पहलपछि भव्य रूप प्राप्त गरेको मन्दिर समितिले जनाएको छ।
प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ तथा दाताको सहयोगमा मन्दिरको पुनर्निर्माण तथा संरचना विस्तार सम्पन्न भएको हो।
प्रतिक्रिया