डीआईजी विनोद घिमिरे कोशी प्रदेश प्रहरीको कमाण्डमा

सोमबार, ०८ मंसिर २०८२

विराटनगर: नेपाल प्रहरीका डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयको निर्णयपछि उनले अब १४ जिल्लासहितको प्रदेशमा प्रहरी कमाण्ड सम्हाल्नेछन्।

यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका ईश्वर कार्की एआईजीमा बढुवा भएपछि पद रिक्त भएको थियो। जसअन्तर्गत डीआईजी घिमिरेलाई जिम्मेवारी तोकिएको हो।

डीआईजी घिमिरे नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा कार्यरत थिए। उनले विगतमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको भूमिका समेत सम्हालेका छन्।

यस्तै मन्त्रीस्तरीय निर्णयअनुसार डीआईजी दिलिपसिंह देउवा प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र डीआईजी दीपककुमार बस्नेत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार