संखुवासभा पुगेका बालेनले मागे मिङ्मा शेर्पालाई भोट

शनिबार, १० माघ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले संखुवासभामा रहेको रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई साथ सहयोग गरेर जिताउन आग्रह गरेका छन् ।


जिल्ला भ्रमणको क्रममा संखुवासभा पुगेका उनले संखुवासभामा पर्यटन र कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरका मान्छेलाई पनि यो क्षेत्रमा ल्याउनको लागि रास्वपाको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । .


उनले भने, ‘म संखुवासभा पहिलो पटक आएको हो । म जसरी यहाँ आइपुगेको छु, त्यसैगरि अन्य नेपाली जनतालाई पनि यहाँ आउने बाटो खुलाई दिनु होला । यहाँको पर्यटन विकास गरेर, कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरको मान्छेले पनि यहाँ आउने मौका पाओस त्यसको लागि राम्रो उम्मेदवार हामीले यहाँको लागि छनोट गरेका छौ । सबैको साथ सहयोगमा उहाँलाई जिताउनु होला ।’ .

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार