मोटरसाईकल दुर्घटनाका घाइतेको मृत्यु

शनिबार, १० माघ २०८२
सांकेतिक फोटो

झापा : झापाको विर्तामोडमा मोटरसाईकल दुर्घटना हुँदा घाइते भएका स्थानीय १८ बर्षीय युवा समर मुसलिमको मृत्यु भएको छ ।

गत पुस ३० गते साँझको समयमा विर्तामोड नगरपालिका वडा नम्बर ६ किराँतचोकको भित्री सडक खण्ड मे. २ प.६५७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोसा चालक  बिर्तामोड नगरपालिका वडा नम्बर ६ का मुस्मिम घाइते भएका थिए ।  

घाइतेको  बि एण्ड सि अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेकोमा आज मृत्यु भएको चिकित्सकले घोषणा गरेको मृतकको शव सोही अस्पतालमा रहेको जनाइएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार