इटहरी : सुनसरीको इटहरीमा रहेको राधाकृष्ण भजन मण्डलीले जग्गादातालाई सम्मान गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको राधाकृष्ण भजन मण्डलीका जग्गादाता स्थानीय भक्तबहादुर विष्ट र उनीको श्रीमती सकुन्तला विष्टलाई शनिवार सम्मान गरिएको हो ।
भजन मण्डलीलाई विष्ट दम्पतीले इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको करिव २५लाख रुपैया बराबरको पाँच धुर जग्गादान गरेका थिए । सोही अवसरमा संस्थाले जेष्ठ नागरिक देवीमाया वानिया, विष्णुमाया गिरी, प्रेमकुमारी खतिवडालगायतलाई पनि सम्मान गरेको छ ।
संस्थाले भवन निर्माण समितिका संयोजक वेदविक्रम घिमिरेसहित पुरै समितिलाई पनि सम्मान गरेको छ । जसमा टेकबहादुर धमला, गोपाल राउत, सुष्मा राउत, अर्जुन कोइराला, केपी दाहाल, शम्भु लम्साल लगायत १५ जना सम्मानित भएका थिए । सम्मानित हुनेहरुलाई इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कैलाश कार्की र वडा सदस्य ज्ञानेन्द्र गौतमले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका हुन् । संस्थाले एक तले भवन निर्माण गरेको छ । कार्यक्रम भजन किर्तन मण्डलीका अध्यक्ष अर्जुन कोइरालाको सभपातित्वमा भएको थियो ।
प्रतिक्रिया