मोरङमा बाटोछेउ मृत फेला परे युवक

सोमबार, ०८ मंसिर २०८२
सांकेतिक फाईल

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फलफूल लाइन नजिक सोमबार एक युवक मृत अवस्थामा फेला परेका छन्। पथरीशनिश्चरे–६ का ३० वर्षीय गणेश थापा दिउँसो लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर भीमराज राईको नेतृत्वमा पुगेको टोलीले उनलाई उठाएर नगर अस्पताल पथरी लगेको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकहरूले थापालाई मृत घोषणा गरेका हुन्।

थापाको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार