बाजुरा : बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । शुक्रवार राती देखिको हिमपातका कारण बाजुराका हिमाली भाग सेताम्मे भएको देखिन्छ ।
जिल्लाका ९ वटै स्थानीय तहका अधिकाँस क्षेत्रमा शुक्रबार बेलुका देखि भएको हिमपातका कारण बाजुराका हिमाली क्षेत्र सेताम्मे बन्न पुगेको हो । हिजो बेलुका देखिको बाक्लो हिमपात र वर्षा भएका कारण किसानहरु हर्सित भएका छन । उच्च पहाडी क्षेत्र रहेको ठाउँमा हिउपात तथा वर्षा भएका कारण यस वर्ष अन्नबाली सप्रने विश्वासका साथ किसानहरु हर्सित बन्न पुगेका हुन ।
हिमपात नभएको खण्डमा यस क्षेत्रमा अन्नवाली लगाउन समेत समस्या हुने गरेको कारण यस वर्षको पहिलो पटक भएको हिमपातपछि यस क्षेत्रका किसानहरुमा खुशियाली छाएको छ ।
प्रतिक्रिया