लिखु करिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा

शनिबार, १० माघ २०८२

रामेछाप : रामेछापको लिखु कोरिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजनाको काम जारी रहेको छ । 

मृत सञ्जीवनी एन एण्ड के जेभीले कामको जिम्मा पाएको सो खानेपानी योजनाको करिब ३० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सञ्चालक सागर बुढाथोकीले जानकारी दिएका हुन ।

खानेपानी योजनाको लागि ट्याङ्की र फिल्टर ट्याङ्की निर्माणको काम करिब सकिएको समेत सञ्चालक बुढाथोकीले बताए । अब मुख्य लाइनको पाइपको काम सुरु हुने पनि बुढाथोकीले जानकारी दिए । कुल १५ करोड ५० लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सो योजनाको मेन लाइन ५ किलोमिटर रहेको छ ।

५ स्टेपममा लिफ्ट गरी पानी तानेर डाँडामा पुर्याइ खानेपानी वितरण गरिने सो आयोजना सम्पन्न भएपछि रामेछाप नगरपालिकाको साँघुटार, गोठगाउँ र देउरालीसम्मका उपभोक्तालाई खानेपानीको सुविधा पुग्ने छ ।

वाग्मती प्रदेश सरकार अन्तर्गतको खानेपानी डिभिजन कार्यालय मार्फत निर्माण भइरहेको सो आयोजनाको मुख्य लाइनको काम सकिएपछि वितरण लाइनको काम ठेक्का लाग्ने बताइएको छ । सो आयोजना निर्माण सम्पन्न भएपछि सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई सहज रूपमा खानेपानी प्राप्त हुने छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार