रानी अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु

मंगलबार, ०९ मंसिर २०८२

विराटनगर : विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट आजदेखि चौबीसैँ घण्टा निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन  गरेको छ । 

मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । आज यहाँ सेवा शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए । 

विराटनगर महानगरपालिका–१५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा सुरु गरेकामा धन्यवाद दिएका छन् । 

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा.सुरेश मेहताले आगामी दिनमा अन्य निकायसँग समेत समन्वय गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिए । 

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा दिलीपकुमार यादवले अस्पतालमा तालिमप्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए । 

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपिडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप, मातृ शिशु, मनोपरामर्शलगायत सेवाहरू उपलब्ध भइरहेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार