राहदानी कागजात हेरफेर प्रकरणमा गौरीगञ्जका पूर्व प्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा

मंगलबार, ०९ मंसिर २०८२

झापा : राहदानी कागजातमा अनधिकृत हेरफेर गरिएको आरोपमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणी आपागाईंसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नागरिकतामा उल्लेख भएको जन्ममितिभन्दा राहदानीमा उमेर घटबढ गर्ने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा हेरफेर गरिएको आयोगले जनाएको छ।

मुद्दा दायर भएकामध्ये गौरीगञ्जका तत्कालीन नायब सुब्बा रबिन कुमार राजबंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवन दाहाल, झापा प्रशासनका पूर्व प्रशासन अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल तथा राहदानी बाहक बिनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द ढुंगेल र बलराम महतो रहेका छन्।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिवानाको माग गरेको छ।

aarop aarop

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार