एनपीएल : लुम्बिनीमाथि काठमाण्डूको २२ रनले जित

मंगलबार, ०९ मंसिर २०८२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै समेटिएको हो।

यस जितसँगै काठमाण्डूले तालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ भने लुम्बिनी दबाबमा परेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार