ट्राफिक प्रहरीद्धारा निर्माण तथा सेवा प्रवाहमा सहयोग पुरयाउनेलाई सम्मान

आइतबार, ११ माघ २०८२

इटहरी : जेनजी आन्दोलनका क्रममा आगजनी तोडफोड र लुटपाट गरिएको कार्यालय पुनः निर्माण तथा सेवा प्रवाहमा सहयोग पुर्याउनेहरुलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्मान गरेको छ । 

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी ,तोडफोड , लुटपातबाट कार्यालय तथा सेवा सञ्चालनमा समस्या हुदै आएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई पुनः कार्यालय सञ्चालन र सेवा प्रहावमा सहयोग पुर्याउने सहयोगी मनहरुलाई सम्मान गरिएको हो । 

जेनजी आन्दोलनका क्रममा भौतिक संरचनाहरुका साथै कार्यालयमा भएका अन्य सामाग्रीहरु समेतमा आगजनी तोडफोड गरिएका कारण सेवा प्रवाहमा समस्या हुदै आएको तर्फ मध्यनजर गर्दै सहयोगी मनहरुले कार्यालय पुनःनिर्माणसंगै कार्यालय र सेवा प्रवाहका लागि आवश्यक सामाग्री उपलव्ध दाताले गराएका थिए। 

कार्यालय तथा सेवा सञ्चालनलाई सहज वनाउने सहयोग गर्ने दाताहरुलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले सम्मान पत्रले सम्मान गरेका हुन । यसरी सम्मानित हुनेहरुमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का प्रविण जैसवाल , टावाचे ब्रिक एण्ड टायल ईण्डस्ट्रिज प्रालि सिमरियाका महेन्द्र अग्रवाल , एनएम ब्रिक एण्ड ईण्डस्ट्रिज प्रालि एकम्बाका अनिल अग्रवाल , इटहरी उपमहानगरपालिका वडा नम्बर ६का मुकेश अग्रवाल , वडा नम्बर ६ कै शिव श्रेष्ठ , दिवस पोखरेल , वडा नम्बर ९ का पुर्ण राई , रामकुमार गिरी र ड्राइभिङ स्कुल संघ कोशी प्रदेश रहेका छन। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार