बर्ने युथ क्लबद्वारा सरसफाइ तथा जनजागरण अभियान सम्पन्न

आइतबार, ११ माघ २०८२

झापा । “समाज रूपान्तरण गर्न सुरुवात आफैँबाट गर्नुपर्छ” भन्ने मूल नारासहित बर्ने युथ क्लबको आयोजनामा सरसफाइ तथा जनजागरण अभियान सफलतापूर्वक सम्पन्न भएको छ। अभियान सुरु हुनुअघि आयोजित औपचारिक कार्यक्रममा क्लबका उपाध्यक्ष अमर श्रेष्ठको अध्यक्षता रहेको थियो भने सचिव विशाल ढुङ्गेलले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। कार्यक्रमको शुभारम्भ सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख केदार श्रेष्ठले शुभकामना मन्तव्यसहित उद्घाटन गरे।

सरसफाइ अभियानअन्तर्गत बर्ने पिपलचोक, सडक क्षेत्र, मन्दिर चोक, सिद्धार्थ बौद्ध गुम्बा, किरातेश्वर मन्दिर, मानव धर्म सेवा मन्दिर परिसर हुँदै हापेन चोकसम्मका सार्वजनिक स्थलहरूमा सरसफाइ गरिएको थियो।

अभियानमा वडा नम्बर ४ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य दुर्गा पोखरेल ढुङ्गेल, इलाका प्रहरी कार्यालय बुधबारेका प्रतिनिधि, श्री माध्यमिक विद्यालय बर्ने व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रकुमार भुर्तेल, सहायक प्रधानाध्यापक भोजराज कार्की, शिक्षक शान्तिराम पौडेलसहित विद्यार्थीहरू, मुनामदन एकेडेमीका प्रिन्सिपल चेतन ढुङ्गेल, ब्राइट फ्युचर अंग्रेजी स्कूलका विद्यार्थीहरू, समाजसेवी रामबहादुर महत, मानव धर्म सेवा समितिबाट बालकृष्ण पौडेल, धनबहादुर गुरुङ, मोहन दाहाल, किरातेश्वर मन्दिरबाट मोहन अधिकारी, डण्डपानी आचार्य, खेम ढुङ्गेल तथा सिद्धार्थ बौद्ध गुम्बाबाट हस्तबहादुर मगर र मानबहादुर मगरलगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

क्लबले यसअघि पनि खेलाडीहरूलाई खेलकुद सामग्री वितरण तथा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरणजस्ता सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ। भर्खरै स्थापना भए पनि समाजसेवामा तीव्र गतिमा अघि बढिरहेको क्लबले निरन्तर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ।

क्लबको नेतृत्व सुमन घिमिरेले गरिरहेका छन् भने उपाध्यक्ष अमर श्रेष्ठ, सचिव विशाल ढुङ्गेल, सहसचिव रबिन आचार्य र कोषाध्यक्ष जय नारायण खतिवडा रहेका छन्। सदस्यहरूमा प्रकाश लावती, भावेश पौडेल, सनिल मगर, राज गौतम, जीवन भट्टराई, मुकेश नेपाल, रुद्र चापागाईं, विवस ढुङ्गेल, एलिन मगर र निसान मगर सक्रिय छन्।

युवा सञ्चारकर्मी पवन ढकालले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा हापेन चोकस्थित सार्वजनिक शौचालय परिसरमा उपाध्यक्ष अमर श्रेष्ठले संक्षिप्त मन्तव्य दिँदै सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे। आगामी दिनहरूमा यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको क्लबले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार