टी–२० विश्वकप २०२६ : नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

समूह ‘सी’ मा वेस्ट इन्डिज, बंगलादेश र इटाली पनि

मंगलबार, ०९ मंसिर २०८२
File Photo

काठमाडौँ : आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी–२० विश्वकप २०२६ को समूह विभाजन र खेलतालिका सार्वजनिक गरिएको छ। मंगलबार मुम्बईमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक तालिकामा नेपाल समूह ‘सी’ मा परेकाे छ, जहाँ २–२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता बलिया टिमसहित बंगलादेश र इटाली रहेका छन्।

समूहका सबै खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेमा नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ। यो नेपाल र इंग्ल्यान्डबीचको पहिलो अन्तर्राष्ट्रिय टी–२० भिडन्त हुनेछ ।

T20WC 2026 Groups 21x9

नेपालले त्यसपछि:

फेब्रुअरी १२ – इटालीसँग

फेब्रुअरी १५ – वेस्ट इन्डिजसँग

फेब्रुअरी १७ – बंगलादेशसँग

मुम्बईमै खेल्नेछ।

अन्य समूहहरू

समूह ए : भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका

समूह बी : अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड, ओमान

समूह डी : दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई, क्यानडा

T20WC 2026 Full Fixture 21x9

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार