दृष्टि फर्किंदा नाच गान सँगै खुशियाली

आइतबार, ११ माघ २०८२

पाँचथर : अप्रेसन पश्चात चिकित्सकले लगाइदिएको पट्टी खोलेर सफा गरिदिएपछि आँखा देख्दा तेह«थुमको आठराइ गाउ“पालिकाकी ७८ वर्षीय श्रीमाया ताम्लि गीत गाएर छम छमी नाच्न थालिन ।

उनका आँखा चार वर्ष अघिदेखि कमजोर हुन थालेका थिए । दुई वर्षदेखि भने दुवै आँखा ठप्प भएको उनले सुनाइन्। आँखा बन्द भएसंगै कोहि कसैको अनुहार देख्न पाएकी थिइन,घर भित्र बाहिर गर्न पनि घस्रिनु पर्ने अवस्था थियो, छर्लङ्गै आँखा देखेँ, शिविर लगाउनेलाई मनैदेखि धन्यबाद, उहाँहरुले धर्म गर्नुभयो ।’ –श्रीमायाले भनिन ।

श्रीमाया गीत गाएर नाँच्न थालेपछि सँगै पट्टी बसेकी इन्द्रमाया तामाङको मन थामिएन । उनी पनि श्रीमायासंग स्वर मिलाएर गाउँन थालिन । समान उमेरका दुइ जनाको गीत र नृत्यले अस्पताल परिसरमा सहभागी सबैको मन तान्यो ।

उनीहरुको यो खुशियालीले शुक्रबार विहान सदरमुकाम फिदिम स्थित पाँचथर अस्पतालमा आँखा शिविर समापन गर्नु अघि अप्रेसन गरिएका बिरामीको पट्टी खोलेर आँखाको सरसपफाइ र मल्हम लगाउने काम गरिरहेका चिकित्सकका साथै  आयोजक पनि खुशी भए ।

फिदिम नगरपालिकाको आयोजनामा माघ ६ देखि ९ गतेसम्म आयोजना गरिएको  शिविरमा श्रीमाया र इन्द्रमाया जस्ता १ सय ९ जनाका आँखामा देखिएको मोतियाबिन्दुसंगै आँखा भित्र पलाएका ऐजेरु र मासु अप्रेसन गरेर फ्याकिएको थियो ।

मेची आँखा अस्पतालसंगको सहकार्यमा तीनदिनसम्म सञ्चालन भएको शिविरमा १ हजार ८ सय ९८ जनाका आँखाको चेकजाँज गरिनुका साथगै  साथै ६ सय ५० लाई निःशुल्क औषधी र चश्मा वितरण गरिएको आयोजक फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

शिविरमा मेची आँखा अस्पतालकी नेत्र विशेषज्ञ डाक्टर सूचना सर्मा सहितका स्वास्थ्यकर्मी उपचार र अप्रेशनमा खटेका थिए । नगरप्रमुख काफ्लेका अनुसार यो नगरपालिकाले ग्रामिण क्षेत्रका नागरिकको आवस्यकताका आधारमा वर्षेनी स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

शिविरमा विपन्नताकै कारण स्वास्थ्य संस्था सम्म पुग्ने पहुँच नपुगेका सर्वसाधारणलाई उनीहरुकै आवस्यकतामा आधारित सेवा उपलव्ध गराउने नगरपालिकाको नीती लिएको समेत जानकारी गराइयो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार