विराटनगर : मोरङको विराटनगर महानगरपालिका–२, गङ्गा टोलमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय रोहित ठाकुरका अन्दाजी १३ वर्षीय छोरा आर्यन ठाकुरको दिउँसो सिङ्गिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घटनापछि घाइते आर्यनलाई तत्काल उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा दिउँसो करिब ४ बजे उनको मृत्यु भएको घोषणा गरिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली खटिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया