संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने

आइतबार, ११ माघ २०८२

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन भएको छ ।

आइतबार एक कार्यक्रमकाबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि समस्यालाई तक्षणमै पहिचान गरी समाधान गर्न केन्द्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी गराए ।

भण्डारीले निर्वाचन क्षेत्रमा समस्या आउन नदिन तल्लो तहका निर्वाचन अधिकारी, सुरक्षाकर्मी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतहरू सक्रिय रूपमा परिचालित रहेको उल्लेख गरे । उनका अनुसार ती निकायबाट समाधान हुन नसकेका समस्याहरू संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत तत्काल समाधान गरिनेछ ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ संयुक्त निर्वाचन सञ्चालन केन्द्रले कुनै पनि निर्वाचन क्षेत्रमा समस्या आयो भने तक्षणमै पहिचान गरेर त्यो समस्याको समाधान गर्ने कार्यमा एकदम दत्तचित्त भएर लाग्ने समेत जनाइयो । कुनै पनि समस्या हुनै नदिन निर्वाचन अधिकारीहरु, सुरक्षामा खटिएका कर्मचारीहरु र निर्वाचनमा खटिएका मतदान अधिकृत, निर्वाचन अधिकृत सबै साथिहरु त्यहाँ हुनुहुन्छ । उहाँहरुले समाधान गर्नु हुन्छ । यदी त्यहाँबाट समाधान हुन सकिएन भने संयुक्त निर्वाचन सञ्चालन केन्द्रले तुरुन्त समाधान गर्छ।’ भण्डारीले भने । 

भण्डारीले जेइओसीबाटै निर्णय आवश्यक पर्ने विषयमा आयोगलाई तुरुन्त जानकारी गराइने र प्राप्त सूचनाका आधारमा आयोगले वस्तुस्थिति बुझेर आवश्यक निर्णय गरी समस्या समाधान गर्ने समेत जानकारी दिए ।

भण्डारीले संयुक्त निर्वाचन सञ्चालन केन्द्रले निर्वाचनलाई व्यवस्थित, सुरक्षित र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार