हर्क साम्पाङको पार्टीका भोजपुर उम्मेदवार ध्रुव राईका चुनावी कमाण्डर भीम साम्पाङ परस्त्रीसँगै फेला परेपछि इलाका प्रहरी कार्यालय दिङ्लाले नियन्त्रणमा लिएको छ ।
षडानन्द नगरपालिका–११, झ्याउ पोखरीस्थित होटलमा दुवै जना सँगै बसेको कुरा महिलाका परिवारलाई थाहा पाएपछि प्रहरीमा उजुरी परेको थियो । राईले चुनावी अभियानको क्रममा अर्काको श्रीमतीलाई भगाएको बताइएको छ । महिलाका श्रीमान हाल वैदेशिक रोजगारीमा छन् ।
जाँचमा भीम साम्पाङको घरमा समेत श्रीमती र बच्चा रहेको खुलेको छ ।
प्रतिक्रिया