बालेनमाथि निर्वाचन आयोगमा उजुरी

सोमबार, १२ माघ २०८२

झापा : प्रतिनिधि सभा सदस्यका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गराएका  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।

उजुरीमा निर्वाचन आचारसंहिता, प्रचलित कानुन र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक तथा मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै दायर गरिएको हो। धर्मराज तिमिल्सिनाले बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापाप्रति दिएको अभिव्यक्तिलाई मुद्दा बनाएका छन्।

केही दिनअघि प्रधानमन्त्रीको उम्मेदवारको पब्लिक डिबेट गर्ने तयारीको सन्दर्भमा बालेनले ओली र थापाप्रति असहिष्णु अभिव्यक्ति दिएका थिए। उनले दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि उजुरी परेको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार