रवि र छविको मुद्दामा आज पेसी

विहीबार, ११ मंसिर २०८२

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि आज (बिहीबार) पेसी तोकिएको छ।

जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि रवि लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए। गत हप्ता रवि पक्षका कानुनी व्यवसायीहरूको निवेदनका कारण सुनुवाइ स्थगित भएको थियो।

सुप्रिम सहकारी ठगी मुद्दामा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। रवि र जोशीको जमानत: लामिछाने र जोशी दुवैले आफ्नो भागको बिगो बराबर मानिएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ को बैंक जमानत निवेदनसाथ पेस गरेका थिए।

जिल्ला अदालतले जमानत पेस गर्दा पनि ‘प्रतिवादीहरूको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएको’ भन्दै रिहा गर्न अस्वीकार गरेको थियो। रवि लामिछाने हाल काठमाडौं कारागारमा र छविलाल जोशी भैरहवा कारागारमा थुनामा छन्। आजको उच्च अदालतको सुनुवाइलाई महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार