विदेशी शक्तिको चलखेलका कारण पनि देशको अवस्था जटिल : काँग्रेस उपसभापति गुरुङ

विहीबार, ११ मंसिर २०८२
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ

विराटनगर: विदेशी शक्तिको चलखेलका कारण पनि देशको अवस्था जटिल बनिरहेको नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वताएका छन । 

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको ८ औं केन्द्रीय परिषद उदघाटन कार्यक्रममा बोल्दै काङ्ग्रेसका उपसभापति गुरुङले मुलुकमा केही नै भएन भन्ने भाष्य समेत सृजना भएको भन्दै त्यसलाई चिर्न समेत आवश्यक रहेको वताएका हुन  ।  

ट्रेड युनियन प्रजातन्त्रको जरा भन्दै  उपसभापति धनराज गुरुङले विराटनगरबाटै मजदुर आन्दोलनको सुरुवात भएको र २००७ सालको प्रजातन्त्र स्थापनामा मजदुर आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले  २००३ सालमा विराटनगरको भूमिबाट रोपेको बीउले २०४६ सालमा पुनः प्रजातन्त्रको स्थापना गर्ने कार्यमा ठुलो योगदान गरेको समेत जानकारी गराए ।  त्यसै गरी  गुरुङले २०४६ सालको आन्दोलन कर्मचारीको पेन डाउनले गर्दा पनि सफल भएको बताए । 

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैङ्कका अध्यक्ष राम रावलको अध्यक्षता रहेको सो कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता गुरुराज घिमीरे , कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बु लगायतले बोलेका थिए । परिषद् शुक्रबारसम्म चल्ने छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार