अध्यक्ष ओली लगायतको पासपोर्ट रोक्कामा एमालेको आपत्ति

आइतबार, १२ असोज २०८२
File Photo

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ द्वारा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्का सिफारिस गरिएको समाचारप्रति गंभीर ध्यानाकर्षण गरेको जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलले जारी प्रेस विज्ञप्तिमा भनेका छन्, गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गर्दै दशैंको अवसरमा गरिएको यो कदम राजनीतिक प्रतिशोधपूर्ण रहेको र यसले आयोगको विश्वसनीयतामा समेत प्रश्न उठाउने बताइएको छ।

त्यस्तै, गृह मन्त्रालयले भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीहरूबारे कुनै कारबाही नअगाडि बढाउने निर्देशन नेपाल प्रहरीलाई दिएकोप्रति पनि पार्टीले आपत्ति जनाएको छ। महासचिव पोखरेलका अनुसार, यसले प्रहरीको कानुनसम्मत अनुसन्धान अधिकारमा हस्तक्षेप मात्र नभई अपराधीलाई उन्मुक्ति दिने जोखिम पनि बढाएको छ।

पार्टीले आगामी असोज १९–२० मा केन्द्रीय सचिवालय बैठक र असोज २७–२९ मा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारीसमेत दिएको छ, जसमा पछिल्लो घटनाक्रमबारे आवश्यक निर्णय गरिनेछ।uml press

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार