पुँजी बजार सुधार कार्यदलको सुझाव: नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना

विहीबार, ०९ असोज २०८२
File Photo

काठमाडौँ : पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएको छ।

सो कार्यदलले पुँजी बजारमा आमलगानीकर्ताको मनोबल वृद्धि गर्न आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधार अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार व्यक्तिको आयकर निर्धारण गर्दा सामूहिक लगानी योजनामा लगानी गरेको निश्चित रकम कट्टी गर्न सकिने व्यवस्था आयकर ऐनमा राख्न सरकारलाई सुझाव दिइएको छ।

सरकारले असोज ३ गते गठन गरेको कार्यदलले धितोपत्र बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थाको समसामयिक पुनरावलोकन र प्रारम्भिक सार्वजनिक शेयर निष्काशनको न्यूनतम १० प्रतिशत पुँजीको सीमालाई पुनरावलोकन गरी नियमावली संशोधन गर्न आग्रह गरेको छ।

प्रतिवेदनमा भनिएको छ, “सर्वसाधारण लगानीकर्ताको सहभागिता, वैकल्पिक लगानीको कमी, दीर्घकालीन पुँजी परिचालनको आवश्यकता, कानुनी व्यवस्था, स्रोतसाधन र संस्थागत क्षमता विचार गरी पुँजी बजारका समस्याको समाधानका लागि सुधारका सुझाव प्रस्तुत गरिएको छ।”

कार्यदलले बैंक, वित्तीय संस्था र बिमा कम्पनीको संस्थापक शेयर खरिद–बिक्री प्रक्रियाको पुनरावलोकन गरी लगानीकर्ताको खर्च न्यूनीकरण र लागत प्रभावकारी बनाउने आवश्यकता पनि औँल्याएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार