धरान : धरानका मेयर हर्कराज (हर्क) साम्पाङले सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्री महावीर पुनसँगको एक पुरानो र रोचक प्रसङ्ग सार्वजनिक गरेका छन्।
साम्पाङका अनुसार, गत भदौ २४ गते राति, Gen Z आन्दोलनको दोस्रो दिन, मन्त्री पुनले उनलाई पहिलो पटक फोन गरेका थिए। साम्पाङले फेसबुकमा लेखेका छन्, “मलाई कहिल्यै फोन नगर्ने महावीर पुनले त्यो रात फोन गरेर भन्नुभयो – ‘हर्क भाइ, धेरै नमच्चिनु है! खड्डामा हाल्छन् है!’”
उनका अनुसार, त्यो बेला मन्त्री पुनको भनाइ आफूलाई “पुङ न पुच्छर, फेद न टुप्पो” असान्दर्भिक लागेको थियो। साम्पाङका भनाइमा, पुनले दिएको चेतावनी र आन्दोलनको वास्तविक परिस्थितिबीच कुनै सम्बन्ध देखिएको थिएन।
साम्पाङले भनेका छन्, “पछि उहाँ आफैँ मन्त्री बन्न जानुभयो। सोझो मान्छे किताब बिक्रीमा मेरा टिमका साथीहरूले रेकर्ड तोड्ने गरी बेचिदिएका थिए।”
“अहिले मन्त्री भएपछि उहाँ अलि बाङ्गो कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्छ, तर म रिसाएको छैन,” साम्पाङले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्।
प्रतिक्रिया