रास्वपा र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति

सोमबार, १४ पुस २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । सोमबार काठमाडौँमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सहमति भएको हो ।

सहमति अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने उल्लेख गरिएको छ ।

त्यस्तै, सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेबीच हस्ताक्षर भएको छ ।

सहमतिको साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रहेका छन् ।

sahamti rabi balemn

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार