इटहरी : इटहरी वडा नं. १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवको अवसरमा आइतबारदेखि सुरु भएको साताव्यापी खेलकुदको उद्घाटनका क्रममा विद्यार्थीहरूले विभिन्न जातीय भेसभुसासहित ¥रयाली प्रदर्शन गरेका छन्।
खेलकुद गतिविधिले विद्यार्थीलाई नैतिकता, अनुशासन र आपसी विश्वासको भावना सिकाउने भएकाले नयाँ विद्यार्थीलाई पनि सकारात्मक सन्देश दिन भेसभुसासहित ¥रयाली निकालिएको विद्यालयले जनाएको छ।
विद्यालयबाट सुरु भएको ¥रयाली आपगाछी बजार हुँदै पुनः विद्यालयको खेलमैदानमा आएर टुङ्गिएको हो।
खेलमैदानमा टुङ्गिएसँगै खेलकुद सप्ताहको उद्घाटन इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख रमेश साहले गरेका छन्।

_EhrMCp1lO3.jpg)
_nPESWelEi3.jpg)

_oTpYe2B1yH.jpg)
कार्यक्रममा इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष कैलाश कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, वडा सदस्य हरिहर चौधरी, शिक्षक–अभिभावक सङ्घ, आमा समूहका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो।
विद्यालयको वार्षिकोत्सव मङ्सिर १३ गते पर्छ। वार्षिकोत्सवको अघिल्लो दिन विद्यालयले यस वर्ष ‘स्कुल आइडल’ को फाइनल प्रतियोगिता समेत आयोजना गर्ने भएको छ।
कार्यक्रमलाई अझ रचनात्मक र आकर्षक बनाउन यस वर्षदेखि अतिरिक्त क्रियाकलापअन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ पनि समावेश गरिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले जानकारी दिए।
प्रतिक्रिया