डेक्स : कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत बसेको बढुवा समितिको बैठक निर्णय अनुसार जनपद प्रहरी समूहतर्फ रिक्त एक पदका लागि कार्कीलाई बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत कार्कीको समग्र अङ्क ६९.८०१ रहेको छ।
प्रहरी नियमावली, २००९ (संशोधन सहित) को नियम २७ बमोजिम सिफारिस सूची सार्वजनिक गरिएको हो।
प्रतिक्रिया