इटहरी : नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती मनाइएको छ । राष्ट् निर्माता श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्तीको अवसर पारेर सुनसरीमा विभिन्न कार्यक्रम सहित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस भव्य रुपमा मनाइएको हो ।
केशव भट्टरार्यको संयोजकत्व रहेको पृथ्वी जयन्ती तथा राष्ट्यि एकीकरण दिवस मुल समारोह समितिको आयोजनामा ब्याण्ड बाजा , झाँकी , पृथ्वी नारायण शाह बनाएर घोडामा सवारी सहितको र्याली निकालियो । र्यालीले इटहरी मुख्य चोक क्षेत्रको परिक्रमा गरी पश्चिम लाइनमा पुगेर सभा आयोजना गरियो ।
राष्ट्रनिर्माताको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो । मुल समारोह समितिका संयोजक केशव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उल्लेखनिय संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले पृथ्वी नारायण शाहको नेतृत्व तथा व्यक्तित्वका साथै राष्ट्रनिर्माणमा पुर्याएको योगदान दिव्य उपदेशहरुका विषयमा चर्चा गरेका थिए ।
सोही अवसरमा पृथ्वी नारायण शाहका विषय केन्द्रित केही दिन अघि सम्पन्न विद्यालय स्तरीय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी उपाध्यक्ष समेत रहेकी समजसेवी सरला कायस्थ , पुर्व मन्त्री रामकुमार सुब्बा ,पृथ्वीपथ प्रतिष्ठानका संस्थापक अध्यक्ष जयविर सिंह बस्नेत , महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व प्रमुख कुमार बहादुर कार्कीले पृथ्वी नारायण शाहका विभिन्न पक्षका विषयमा चर्चा गरेका थिए ।
सुनसरीको इटहरीमा वि.सं.२०६९ साल देखि हरेक वर्ष इटहरीमा राष्ट्निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाउदै आएको छ ।
प्रतिक्रिया