काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।
विशेष महाधिवेशन व्यवस्थापन पक्षका अनुसार हाल पनि कार्यक्रम स्थलमा पुगेका महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिने क्रम जारी छ। नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए। नेपाली कांग्रेसमा देशभरबाट कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
प्रतिक्रिया