राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

विहीबार, ०९ असोज २०८२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दलित आयोग नेपालको संविधानको धारा २५५ अनुसार सञ्चालन हुने संवैधानिक निकाय हो । आयोगले जातीय छुवाछुत, उत्पीडन र विभेद अन्त्य गर्न पहल गर्दै आएको छ । 

साथै, दलित समुदायको हित अभिवृद्धि गर्न उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी नेपाल सरकार समक्ष कार्यान्वयनका लागि प्रतिवेदन पेश गर्नु यसको मुख्य जिम्मेवारी हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार