केपी ओलीलगायत पाँच जनालाई लगाइयो विदेश जान रोक

स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने

आइतबार, १२ असोज २०८२
File Photo

काठमाडौं : भाद्र २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमण रोक्का गर्न निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले घटनासम्बन्धी छानबिनका क्रममा अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूलाई विदेश जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । साथै, आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न पनि नपाउने व्यवस्था गर्ने भनिएको छ ।

आयोगले अनुसन्धानको दायरामा परेका व्यक्तिहरूको नाम सार्वजनिक पनि गरेको छ । ती हुन् :
१. पूर्व प्रधानमन्त्री केपी शर्मा ओली
२. पूर्व गृहमन्त्री रमेश लेखक
३. पूर्व गृहसचिव गोकर्णमणि दुवाडी
४. पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा
५. पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल

यसैगरी आयोगले छानबिनलाई प्रभावकारी बनाउन थप विज्ञ तथा जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयलाई जनशक्ति उपलब्ध गराउन लेखी पठाउने निर्णय गरेको जनाएको छ ।

जाँचबुझ आयोगका सदस्य निशान राज शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको छानबिन प्रभावकारी बनाउन आवश्यक सबै कानुनी र प्राविधिक सहयोग उपलब्ध गराइनेछ, जसले प्रतिवेदनलाई थप परिणाममुखी बनाउनेछ ।”

bides rok

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार