कर्णालीले बिराटनगरको र काठमाडौँले चितवनको सामना गर्दै

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौँ : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज बीच हुनेछ भने दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्स बीच हुने छ।

अङ्क तालिकामा चितवन चार अङ्कका साथ तेस्रो स्थानमा छ भने काठमाडौँले खेलेका खेलमा दुई अङ्क मात्र बटुलेको छ। यस्तै, तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ। 

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ। आजको खेल जितेमा विराटनगरको प्लेअफको यात्रा सहज हुनेछ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार