एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

आइतबार, ०४ माघ २०८२

बाजुरा :  युवालाई अवसर नदिएको भन्दै नेकपा एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारी चयन गर्दा बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।

बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको भन्दै असन्तुष्टी जनाउँदै आएका एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुरामा आवद्ध युवाहरुले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बन्दै आएका व्यक्तिलाई नै टिकट दिएपछि विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।

एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र सिंगो एमाले बाजुरेली युवाहरुमाथी खेलवाड गरिएको उनीहरुको भनाई छ ।

युवाहरुले यस पटक निर्वाचनमा नयाँ अनुहारलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरु आक्रोशित भएका हुन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार