काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनले महानगरप्रमुख पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलिरहेको समयमा बालेनले महानगर उपप्रमुख सुनिता डंगोललाई राजीनामा पत्र बुझाएका हुन्।
शाहले बुझाएको राजीनामा पत्रमा नेपालको संविधान ,स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरिएको छ ।
बालेन २०७९सालमा भएको निर्वाचनबाट काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया