काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर बरिष्ठ नेताको पदभार ग्रहण गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसंग भेटवार्ता गरी केही दिन अघि रास्वपामा जाने बालेनले निर्णय गरेका थिए ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको समयमा बालेनले काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा गरेर घण्टीघर पुगेर रास्वपाको बरिष्ठ नेताको पदभार ग्रहण गरेका छन । घण्टीघरमा पुगेर बालेनले घण्टी बजाउदै आफनो कार्यकक्षमा केहीबेर बसेर बालेन बाहिरिएका थिए ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि बालेनले गरेका कतिपय कामहरुले बालेनको चर्चा बढाएको थियो । बालेनको काम मन पराउनेहरुले उनले प्रधानमन्त्रीकै रुपमा चर्चा गर्न थालेपछि रास्वपासंग जोडिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने दिन नजिकीरहेको समयमा बालेनको राजीनामा उम्मेदवारीकै लागि आएको अनुमान गर्नु गलत नहुने राजनितिक विश्लेषण गरिन्छ । यता बालेनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने चर्चा पनि केही दिन देखि चलिरहेको छ । जुन क्षेत्रबाट नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेने एमालेले निणर्य गरिसकेको छ ।
प्रतिक्रिया