काँग्रेसबाट एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधि सभाको टिकट पाए

आइतबार, ०४ माघ २०८२

काठमाडौँ । नेकपा एमालेको झोला बोकेर दाह्री पकाएका कतिपय नेताहरु पार्टीबाट उपेक्षित हुँदा काँग्रेसका वीरेन्द्र कुमार कनौडियाले भने पार्टी प्रवेश गरेकै दिन प्रतिनिधि सभाको टिकट पाएका छन् ।
कांग्रेसमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका उनी काँग्रस भित्रको आन्तरिक किचलोको कारण शनिबार मात्र एमालेमा प्रवेश गरेका थिए ।

शनिवार उनलाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ मै टिकट दिएको हो । एमाले प्रवेशपछि उनले कांग्रेसाको किचलोमा फस्नु भन्दा एमालेमा रहन उचित लागको बताएका थिए ।

कनौडिया यसअघि प्रदेश सभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत भएका व्याक्ति हुन्।

एमालेमा भने टिकट पाउनुपर्ने व्याक्तिले नपाएको पार्टीमा योगदान गर्नेलाई पाखा लगाईएको भन्दै तिव्र असन्तुष्टि चुलिएको छ । एमालेले प्राय जिल्ला र क्षेत्रका उम्मेदवारहरुको टुङ्ग्याएको छ बाँकी ठाउँहरुका लागि अध्यक्ष ओलीलाई दिईएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार