विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस

शनिबार, ०३ माघ २०८२

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।

आज बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।

सिफारिस हुनेमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन् । पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार