मोरङमा बाँसझ्याङमा बसेर जुवा खेल्दै गरेका चारजना पक्राउ

शनिबार, ०३ माघ २०८२
Filephoto

मोरङ। मोरङको ग्रामथान गाउँपालिका–४ जुरीखोला छेउस्थित बाँसझ्याङमा जुवाको खाल बनाई पैसाको हारमार हुने जुवाजन्य खेल भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।

 हिजो शुक्रबार बेलुका ६ बजेको समयमा  इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाजन्य खेल खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो।

सो क्रममा जुवाको खालबाट १६ थान कौडा र नगद तीन लाख तेह्र हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। 

नियन्त्रणमा पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जय किशोर साह, भोजपुर हतुवागढी गाउँपालिका–३ सिन्द्राङ घर भई हाल सुनसरी धरान बस्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी गाउँपालिका–१ बस्ने ४२ वर्षीय सोनलाल राजवंशी र मोरङ सुन्दरहरैचा नगरपालिका–५ बस्ने ४७ वर्षीय इन्द्र आचार्य रहेका छन्। 

पक्राउ परेका व्यक्तिहरूलाई बरामद नगदसहित इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार