काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएको निर्णयप्रति शेरबहादुर देउवा पक्षले कडा आपत्ति जनाएको छ ।
सो समूहका नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै विधि र प्रक्रिया मिचेर निर्णय गरिएको आरोप लगाए । उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायले कानुनी प्रक्रिया र स्थापित अभ्यासको पालना नगरेको दाबी गरेका छन् ।
डा. महतका अनुसार आयोगको निर्णयले पार्टीभित्र थप विवाद र अस्थिरता सिर्जना गर्ने खतरा रहेको छ । देउवा पक्षले यस निर्णयविरुद्ध आवश्यक राजनीतिक तथा कानुनी कदम चाल्ने संकेतसमेत गरेको छ ।
प्रतिक्रिया