निर्वाचन आयोगमा कडा सुरक्षा : गगन थापा पक्ष खुसीयालीमा, देउवा पक्ष आन्दोलनमा

शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ : निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक घोषणा गरेपछि सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसअघि कांग्रेसका दुवै पक्ष (शेरबहादुर देउवा समूह र गगन थापा समूह) आफ्ना आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । आयोगको निर्णयपछि गगन थापा पक्ष खुसीयाली मनाइरहेको छ भने देउवा पक्ष विरोधमा उत्रिएको छ ।

निर्वाचन आयोग परिसर वरिपरि सुरक्षाकर्मी तैनाथ छन् र भीड व्यवस्थापनका लागि सतर्कता अपनाइएको छ । आयोगको निर्णयले नेपाली कांग्रेसभित्रको विवादलाई नयाँ मोड दिएको छ भने दुवै पक्षका समर्थकहरू बीच तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार